लकडाउन पछि खुलेको शेयर बजारमा तीव्र गिरावट, १ घण्टामै सर्किट ब्रेक | Khabarhub Khabarhub

लकडाउन पछि खुलेको शेयर बजारमा तीव्र गिरावट, १ घण्टामै सर्किट ब्रेक


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण रोक्न जारी भएको लकडाउन पछि पहिलो पटक मंगलबार खुलेको शेयर बजारमा तीव्र गिरावट आएको छ ।

कोरोबार शुरु भएको १ घण्टा नपुग्दै २.०२ प्रतिशतले ओरालो लागेपछि शेयर बजारमा सर्किट ब्रेक लागेको छ ।

मंगलबार खुलेको १ घण्टामै शेयर बजार कूल २५.३० अंकले १२२६.१५ विन्दुमा पुग्यो । यस्तै, क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिभिट इन्डेक्स ५.३९ अंकले घटेको छ ।

मंगलबार कारोबार शुरु हुँदै गर्दा शेयर बजारका सबै समूहका सूचकाङ्ककहरु आरोलो लागेका छन् । सबैभन्दा बढी अन्य समूहको सुचकाङ्क २.८६ प्रतिशत, बैंकिङ समूहको सूचकाङ्क २.३९ प्रतिशत, जीवन बिमा २.३२ प्रतिशतले आरालो लागेको छ ।

मंगलबार १ घण्टाको अवधिमा १० करोड ४३ लाख रुपैयाँ बराबरको १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर किनबेच भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ०९ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि