लकडाउनमा परिवारसहित फार्महाउसबाट मुम्बई पुगे सलमान खान ? « Khabarhub

लकडाउनमा परिवारसहित फार्महाउसबाट मुम्बई पुगे सलमान खान ?


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण भारतमा पनि लकडाउन जारी गरिएको छ । बलिउडका सेलिब्रेटीहरु घरमै सीमित छन् ।

अभिनेता सलमान खान लकडाउनका कारण पनवेलको एक फार्महाउसमा फसेका थिए । उहाँ त्यहाँ पुगेका बेला भारतमा लकडाउन गरिएको थियो । फार्महाउसमा बसिरहेका सलमान खान लकडाउनकै समयमा आफ्नो बान्द्राको घर पुगेका छन् ।

लकडाउन पहिले सलमान खान आफ्नी आमा, बहिनी अर्पिता खान र केही परिवारका साथ फार्महाउसमा गएका थिए ।

भारतीय मिडियाले सलमान खानको परिवार मुम्बई गएको लेखेका छन् । तर, यो खबरको पुष्टि भने भएको छैन ।

यद्यपि सलमानले एक अन्तर्वार्तामा आफू परिवारसँगै बान्द्रा आइपुगेको बताएका थिए । सलमान खान आफ्नो अपकमिङ फिल्म ‘राधे’ को शूटिङ सक्नका लागि लकडाउन खुल्ने प्रतीक्षामा छन् । फिल्ममा सलमान खानका साथै दिशा पटानीलाई पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : १९ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा