नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाका अनुसार तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

थापाका अनुसार तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार कपिलवस्तुमा संक्रमण पुष्टि भएका ८जना मध्ये एकजना तौलीहवा अस्पतालकी स्टार्फ नर्स भएको थापाले खबरहबलाई बताए ।

‘आज कपिलवस्तुमा संक्रमण पुष्टि भएका ८ जना मध्ये एकजना तौलीहवा अस्पतालको स्टाफ नर्स पनि हुनुहुन्छ,’ थापाले खबरहबसँग भने, ‘स्वास्थ्य मन्त्रालयले एकघण्टा अगाडि मात्र हामीलाई विस्तृत जानकारी मेलमा पठाएको थियो ।’

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ५ : ३० बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले