के अब कलाकारको पारिश्रमिक घट्ला ? « Khabarhub

के अब कलाकारको पारिश्रमिक घट्ला ?


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण नेपाली फिल्म क्षेत्रको अवस्था झनै थिलोथिलो भएको छ । यसै पनि फिल्म चल्दा दर्शक नपाउने हलहरु यतिबेला बन्द गरिएका छन् । लकडाउनले सबैभन्दा बढी मार फिल्म सञ्चालकलाई परेको छ ।

वर्षभरि कलाकारहरु फिल्ममा गरेको अभिनयका कारण भन्दा बढी बढाइएको पारिश्रमिकका कारण चर्चामा रहन्थे । अनमोल केसी, प्रदीप खड्का र पल शाह सबैभन्दा महंगो पारिश्रमिक लिने कलाकार बन्ने होडबाजीमा लागिरहे ।

त्यस्तै कलाकार पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत पनि बढी पारिश्रमिक लिन चाहने कलाकारको दौडमा रहे । भलै महंगो पारिश्रमिक लिन कस्सिएका कुनै पनि कलाकारका फिल्मले व्यावसायिक सफलता हात पार्न सकेनन् । तर, उनीहरुले अर्को प्रोजेक्टका लागि महंगो पारिश्रमिक लिएको चर्चा चलिरह्यो ।

गतवर्ष अभिनेता अनमोल केसीले ५० लाखसम्म पारिश्रमिक लिएको खबर आयो । जबकि, उनले केही समययता हिट फिल्म दिन सकेका छैनन् । पूजा शर्माले पनि २० लाख हाराहारीमा एक फिल्ममा काम गर्न लागेको चर्चा चल्यो । त्यो फिल्मको चर्चा मात्र चल्यो । फिल्म बन्दै बनेन ।

यतिबेला भने कोरोना भाइरस र लकडाउनपछि कलाकारको पारिश्रमिक पनि घट्नुपर्ने फिल्मकर्मीले बताएका छन् । त्यसो त नेपालमा कलाकारले ५० लाख पारिश्रमिक लिएको डंका पिटाए पनि कतिले त फिल्मबाट पैसा नै नपाउने गरेका समाचार पनि बाहिरिन्छन् ।

नेपाली फिल्म मात्र होइन, फिल्मको मेकिङ पनि उस्तै अव्यवस्थित छ । जसले गर्दा राम्रा फिल्म बन्दैनन् भन्ने गरिन्छ । कलाकारले पारिश्रमिक महंगो लिए पनि उनीहरुको क्रेज समेत देखिँदैन ।

कोरोनाको यो प्रकोपपछि नेपालमा धेरै फिल्म बन्नेवाला छैनन् । धेरै फिल्म नबनेपछि केही कलाकार त बेरोजगार हुनुपर्ने अवस्था आउन सक्छ नै । अर्कातिर कलाकारले पारिश्रमिकमा पनि सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ ।

निकै सुस्त गतिमा विकास भइरहेको नेपाली फिल्म उद्योग कोरोनाका कारण केही समय झनै उल्झनमा परेकाले पनि कलाकारले पारिश्रमिकमा भन्दा बढी राम्रो फिल्म बनाउनमा दिनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : १५ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८