स्पेनिस ला लिगा : सेभिल्लासँग रियल बेटिस पराजित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : सेभिल्लासँग रियल बेटिस पराजित


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले रियल बेटिसमाथि सहज जीत निकालेको छ ।

घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले बेटिसलाई २ – ० ले हरायो ।

कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको खेल गएरातिदेखि बन्द रंगशालामा खेलाउन शुरू गरिएको थियो ।

खेलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा सेभिल्लाले २ गोल गर्न सफल भयो ।

सेभिल्लाका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरेका हुन्।

जीतपछि सेभिल्ला २८ खेलबाट ५० अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ५ : ४१ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा