कर्णालीमा ७६३ जनालाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

कर्णालीमा ७६३ जनालाई कोरोना भाइरसको संक्रमण


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७६३ पुगेको छ ।

बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७६३ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका छ र काठमाडौँ बूढानीलकण्ठ–२ निवासी हाल चिङ्गाड गाउँपालिका–५ सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारयाण तिवारीले जानकारी दिए ।

महाशाखा प्रमुख डा तिवारीका अनुसार दैलेख डुङ्गेश्वर गाउँपालिका छ महिने बच्चा, चार महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका नौ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ७ : १७ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु