गण्डकी प्रदेशमा १८८ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

गण्डकी प्रदेशमा १८८ जनामा कोरोना भाइरसको संक्रमण

शुक्रबार ३७ जनामा संक्रमण पुष्टि


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र पूर्वी नवलपरासीका थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका २२, पर्वतका १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरू सबै पुरुष रहेका निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

स्याङ्जाका संक्रमित गल्याङ नगरपालिकाका सबैभन्दा धेरै १८ जना छन् । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् । यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ ।

स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पर्वतको कुश्मा नगरपालिकामा १० जनामध्ये १ जनाको उमेर खुलेको छैन । पर्वतकै पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का एक जना संक्रमितको स्थानीय तह खुलेको छैन ।

तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवकमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लाने तयारी भएको जनाइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ७ : ३० बजे

सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु

काठमाडौँ –उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको

रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

काठमाडौँ – सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा

मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि

पाँच दिनदेखि मालपोतको कामकाज बन्द हुँदा सेवाग्राही मारमा

काठमाडौँ – विगत पाँच दिनदेखि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित

रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल