प्रदेश २ मा मात्रै एक हजार ६०० जनामा कोरोना संक्रमण « Khabarhub

प्रदेश २ मा मात्रै एक हजार ६०० जनामा कोरोना संक्रमण


३० जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या एक हजार ६०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९ नयाँ संक्रमित थपिएपछि संक्रमित संख्या १ हजार ६ सय नाघेको हो ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा रौतहटमा १८, बारामा सात र महोत्तरीमा चार गरी २९ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८२ संक्रमित उपचारपश्चात निको भएर घर फर्केका छन् ।

सोअनुरुप रौतहटको गौर नगरपालिकास्थित गौर नर्सिङ क्याम्पसमा सञ्चालित आइसोलेसनाबाट बिहीबार चार महिलासहित १७ निको भएर घर फर्केका छन् ।

त्यस्तै गरुडा नगरपालिकामा नेपाल प्रहरी विद्यालयको आइसोलेसनकक्षबाट ईश्नाथ नगरपालिकाका तीन महिलासहित ४०, बोधीमाई नगरपालिकाका तीन, मौलापुर नगरपालिकाका चार, कटहरिया नगरपालिकाका तीन र राजदेवी नगरपालिकाका एक महिलासहित तीन जना निको भएर घर फर्केका छन् । अहिलेसम्म प्रदेश २ बाट ३८१ स्वस्थ भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ३० बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५