पर्वतका स्थानीय तहद्वारा ७०० भीटीएम खरिद « Khabarhub

पर्वतका स्थानीय तहद्वारा ७०० भीटीएम खरिद


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढेपछि कोरोना परीक्षणको दायरा बढाउन पर्वतका स्थानीय तहले भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका छन् ।

नमूना सङ्कलन गरेर पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासम्म स्वाब पठाउनका लागि भिटिएम खरिद गरिएको हो ।

पर्वतका सात स्थानीय तहले ७०० भिटिएम खरिद गरेका हुन् । हरेक पालिकाले एक–एक सयका दरमा भिटिएम खरिद गरेको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए ।

उनका अनुसार धेरैजसो पालिकाले खरिद गरेका भिटिएम जिल्लामा आइसकेका छन् । जिल्लाको तथ्याङ्क अनुसार भारतबाट मात्रै दुई हजार १०० आउने र तेस्रो मुलुकबाट पाँच हजार ५०० जना फर्कने अनुमान गरिएको छ ।

प्रदेश र सङ्घीय सरकारसँग पनि कोरोना परीक्षणका लागि आवश्यक सामग्री माग गरी पठाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

पर्वतका स्थानीय तहको समानुपातिकरूपमा खर्च हुने गरी कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा ८० श्ययाको प्रिआइसोलेसन वार्ड तयार भएको छ भने यसअघि नै २० शैयाको आइसोलेसन अस्पताल सञ्चालनमा आइसकेको छ ।

योसँगै आइसोलेसनको सङ्ख्या १०० पुगेको छ । कुश्मा र छिमेकी पालिकामा रहेका क्वारेन्टाइनको खर्चसमेत पालिकाले नै व्यहोर्दै आएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना