कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत « Khabarhub

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलरिया- कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथामलाई थप प्रभाकारी बनाउन पालिकाले उक्त निर्णय गरेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए।

कोरोना भाइरस रोकथाम नियन्त्रण गर्न अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि, पालिकाले खटाएका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक र पालिकाबाट खटाइएका व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएमा परिवारलाई राहतस्वरुप रु २० लाख उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

कोरोना भाइरस सङ्क्रमण भएको व्यक्तिको उपचार पनि पालिकाले नै गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए । बढैयाताल गाउँपालिका हालसम्म चार कोरोना भाइरस सङ्क्रमित छन् । जिल्लामा ६० कोरोना भाइरस सङ्क्रमित रहेकामा छ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ९ : ५९ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा