नेपाल आउन खोज्ने भारतीयलाई रोक्दा सर्लाहीमा तनाव, १५ राउन्ड गोली चल्यो « Khabarhub

नेपाल आउन खोज्ने भारतीयलाई रोक्दा सर्लाहीमा तनाव, १५ राउन्ड गोली चल्यो


३० जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाल भारत सीमा क्षेत्र सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि तनाव उत्पन्न भएको छ ।

भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । नेपाल प्रवेश गर्ने भारतीयलाई रोक्न १५ राउन्ड गोली चलाएको सशस्त्र प्रहरी बल सर्लाहीका एसपी गंगाराम श्रेष्ठले बताए ।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले अवरोध खडा गरेको थियो ।

नेपाल आउन खोज्नेले ड्यूटीमा रहेका सशस्त्रका जवानको हतियार खोसेर लगेपछि तनाव सिर्जना भएको र स्थितिलाई थप भड्किन नदिन गोली चलाएको उनले बताए ।

उक्त घटनामा तीन भारतीय र सशस्त्रका पनि केही जवान घाइते भएको बताए। सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  १२ : ३८ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका