नेपाल इन्भेस्टमेन्ट बैंकले इटालीमा बैंक ग्यारेन्टीसम्बन्धी मुद्दा जित्यो « Khabarhub

नेपाल इन्भेस्टमेन्ट बैंकले इटालीमा बैंक ग्यारेन्टीसम्बन्धी मुद्दा जित्यो


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले इटालीमा बैंक ग्यारेन्टीसम्बन्धी मुद्दा जितेको छ ।

गत सेप्टेम्बर २०१८ मा तनहुँ जलविद्युत् लिमिटेडका पक्षमा इटालीको इन्टेन्सा सन्पाओला एसपीएले आफ्नो ग्राहक ओअपरेटिभा मुराटोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)– सी.एम.सी. दे रेभेना सोसाइटाका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)लाई ८५ करोड १४ लाख १६ हजार १२७ रुपैयाँ र युरो ८७ लाख ४९ हजार २३९ युरो (कुल रकम २ अर्ब १० करोड रुपैयाँ) को काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

यसैबीच, एनआईबीएलले सन् २०१९ फेब्रुअरीमा तनहुँ जलविद्युत् लिमिटेडका तर्फबाट ठेकेदार कम्पनी सीमएसीले आफ्नो करारअन्तर्गतको दायित्व उल्लंघन गरेको दाबी प्राप्त गर्‍यो । इन्टेन्सा सन्पाओला एसपीएमाथि बैंक ग्यारेन्टी राशीका लागि एनआईबीएलले माग दाबी गरेपछि उसले इटालीको ट्रिबुनल डे बोलोनाको आदेश भन्दै रकम भुक्तानीका लागि अस्वीकार गर्‍यो ।

एनआईबीएलले तनहुँ जलविद्युत् लिमिटेडको मागलाई बैंक ग्यारेन्टीको सर्त मुताबिक तत्कालै भुक्तानी गर्न बाध्य थियो ।

यद्यपि, लामो अदालती मुद्दापछि ट्रिबुनाले बोलांगाको पूर्ण इजालसले ९ जुन २०२० (२७ जेठ २०७७)मा यसअघिको इन्टेन्सा सन्पाओला एसपीएले एनआईबीएललाई बैंक ग्यारेन्टी रकम तिर्नबाट रोक्ने आदेशलाई खारेज गरेको छ । यसरी यो आदेशले अघिल्लो अदालतको आदेशलाई अमान्य घोषित गरेसँगै एनआईबीएलाई इटालियन बैंकबाट प्रभावकारी रूपमा बैंक ग्यारेन्टीको रकम प्राप्त गर्न निश्चित आधार प्राप्त भएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १२ : ५९ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ