प्रदेश २ मा २०४ संक्रमित थपिए, हालसम्म ४२० जना डिस्चार्ज « Khabarhub

प्रदेश २ मा २०४ संक्रमित थपिए, हालसम्म ४२० जना डिस्चार्ज


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित मध्ये ९ जना महिला र १ सय ९५ जना पुरुषहरु रहेका छन् । सप्तरीमा १८ जना, सिरहामा ११ जना, धनुषामा १५ जना, महोत्तरीमा १६ जना, सर्लाहीमा ५७ जना, रौतहटमा ८६ जना र बारामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सोही नगरपालिकामा नै ४८ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका १३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सप्तरीकै महादेवा गाउँपालिकाका २८ र बोदेबर्साइन नगरपालिकाका ४८ बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

सिरहाको सिरहा नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकाका ६० बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सिरहाकै गोलबजार नगरपालिकाका १७ बर्षिय किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सिरहाकै कर्जनहा नगरपालिकाका २२ बर्षिय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सोही नगरपालिकाका १९ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषाकै जनकपुर उपमहानगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका २ जना र सोही उपमहानगरका १९ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका का २५ बर्षिय, सबैला नगरपालिकाका २२ बर्षिय र मिथिलाबिहारी नगरपालिकाका १६ बर्षिय पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका २१ र २५ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । महोत्तरी जिल्लाकै मठियानी नगरपालिकाका २० बर्षिय पुरुष सहित १ देखि १८ बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका ४३ बर्षिय पुरुष सहित १८ देखि ४० बर्ष उमेर समुहका १० जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना संक्रमित थपिदै गर्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्या पनि उल्लेख्यरुपमा वृद्धि भएको छ ।

प्रदेश २ सरकारले नियमित रुपमा सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा स्वास्थ्य निर्देशनालय प्रदेश नम्वर २ का बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय कुमार झाले  निको भएर डिस्चार्ज हुनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको जानकारी दिए । पछिल्लो चौबीस घण्टामा प्रदेश नम्वर २ मा २ महिला र ३७ पुरुषगरी ३९ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

जसअनुसार सप्तरी जिल्ला राजबिराज नगरपालिका स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट १६ जना पुरुष र १ जना महिलागरी १७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

त्यसैगरी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका स्थित जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट आज १ महिला र ११ जना पुरुष गरी कुल १२ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिकामा रहेको वीपी मेमोरियल पोलिटेक्निकल ईन्स्टिच्यूटको आइसोलेसन कक्षबाट १० जना कोरोना संक्रमित पुरुषहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

पछिल्लो चौविस घण्टामा डिस्चार्ज भएका ३९ जनासहित यस प्रदेशका ४ सय २० जना कोरोना संक्रमितहरु सफल उपचारपश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ६ : १७ बजे

खिवाङ–घराम्दी सडक अलपत्र

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने

दुर्गा प्रसाईंको दाबी : जेन-जी आन्दोलनमा मेरो संलग्नता थिएन

काठमाडौं- व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं ले आफू २०८२ भदौ