पीसीआरको दायरा बढाउने र खर्च विवरण सार्वजनिक गरिने सीसीएमसीको निर्णय (भिडियो सहित) « Khabarhub

पीसीआरको दायरा बढाउने र खर्च विवरण सार्वजनिक गरिने सीसीएमसीको निर्णय (भिडियो सहित)


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)ले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारीरूपमा काम अघि बढाउने निर्णय गरेको छ ।

सिहदरबारमा शुक्रबार बसेको बैठकले कोरोना परीक्षणका लागि पीसीर बिधिलाई बढाउदै प्रभावकारी रूपमा काम अघि बढाउने निर्णय गरेको हो ।

बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै कोरोना जोखिम कायमै रहेको भन्दै भौतिक दुरी कायम गरी गतिविधि गर्न पनि अपिल गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

बैठकले कोरोना क्वारेन्टाइको अवस्थामा सुधार गर्न प्रतिबद्ध रहेको निष्कर्ष पनि निकालेको छ ।

बैठकले कोरोना संक्रमणको उच्च जोखिम रहेकोप्रति गम्भीर र संवेदनशील हुन समेत आग्रह गरको छ ।  विभिन्‍न मागसहित भइरहेको सडक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संवेदनशील हुन आग्रह गरिएको छ ।

कोरोना संक्रमण पछिल्लो समयमा बढ्दै गइरहेकोले विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा यसविरुद्धको योजना थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री ज्ञवालीले बताए ।

हेर्नुस भिडियो

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १० : ०९ बजे

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ