कोस्टाको गोलमा एट्लेटिको च्याम्पियन्स लिगमा छनोट « Khabarhub

कोस्टाको गोलमा एट्लेटिको च्याम्पियन्स लिगमा छनोट


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा टोली एट्लेटिको अंक गणितका आधारमा च्याम्पियन्स लिगमा छनोट भएको छ ।

शनिबार राति रियल बेटिसलाई १–० गोल अन्तरले पराजित गर्दै एट्लेटिको च्याम्पियन्स लिगमा छनोट  भएको हो ।

बेटिससँग खेलको पहिलो हाफ गोल रहित बराबरी खेलेको एट्लेटिकोका मारियो हार्मोसोले ५७औं मिनेटमा विपक्षी खेलाडीलाई फाउल गरेपछि रातो कार्ड पाएका थिए ।

५७औं मिनेटमा मारियोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा सीमित भएको एट्लेटिकोका लागि डियागो कोस्टाले गोल गरे । उनले खेलको ७४औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण जीत दिलाएका हुन् ।

जीतसंगै एट्लेटिको ६६ अंकसहित तेस्रो स्थानमा रह्यो । उसले चौथो स्थानको भिल्ला रियलसंग ९ अंकको अग्रता कायम गर्‍यो । रियल बेटिस ४१ अंकसहित तालिकाको १३औं स्थानमा रह्यो ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : ५६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि