३ अभिनेत्रीको टिप्पणी गरेपछि ट्रोलको सिकार बनिन् सोनम « Khabarhub

३ अभिनेत्रीको टिप्पणी गरेपछि ट्रोलको सिकार बनिन् सोनम


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका चर्चित अभिनेता अनिल कपुरकी पुत्री अभिनेत्री सोनम कपुर आफ्नै बोलीका कारण बारम्बार विवादमा पर्ने गरेकी छन् । भने धेरै पटक ट्रोलको सिकार पनि भइन ।

पछिल्लो १३ वर्षमा सोनम आफैँले दिएको बयानका कारण उनी विवादमा पर्दै आएकी छन् ।

सोनम विवादमा परेका पुराना किस्सा :

एक पटक सोनम कपूरले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई आन्टी सम्बोधन गरेपछि विवादमा परिन । ऐश्वर्याका फ्यानहरु आक्रोशित बनेका थिए ।

सोनमको विरोधमात्र गरेनन् । ट्रोल नै बनाए ।

यस बारे सोनमले स्पष्टिकरण दिँदै बुवा अनिल कपुरसँग काम गरेको र जेनरेसन ग्यापका कारण ऐश्वर्यलाई आन्टि सम्बोधन गरेको बताइन ।  तथापी उनको यो बयानले बलिउडमा निकै हलचल मच्चिएको थियो ।

सोनम कपूरको आफ्नै फेसन सेन्स र स्टाइलका चर्चामा रहने गर्छिन् । यही फेसन र स्टाइलबारे अभिनेत्री परिणीति चोपडालाई टाइट कपडा नलगाउन सुझाव दिइन । अनि फेरि अर्को ट्रोलको सिकार भइन । करण जोहरको कफि विथ करणमा बोल्दै परिणीति चोपडाका पहिरनको सुझाव दिएपछि धेरै आलोचित बनिन् ।

करण जहरको सोहि कार्यक्रममा सोनम कपूरले आलिया भट्टलाई पनि पहिरन सम्बन्धी सुझाव दिइन । उनले आलियालाई आफ्नो उमेर अनुसारको कपडा लगाउनु पर्ने सुझाव दिएकी थिइन् । तर आलियाका फ्यानले यसलाई सहजै पचाउन सकेनन् । त्यसपछि सोनम ट्रोलको सिकार भइन ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : ३८ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर