खजुरा गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने « Khabarhub

खजुरा गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको खजुरा गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने भएको छ ।

गाउँपालिकाको सातौँ गाउँसभामा वडा नं २ का अध्यक्ष देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित भई उक्त रकम कृषिमा लगानी गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले अगाडि सारेको कृषिबाटै आर्थिक समृद्धिको अभियानलाई सहयोगी हुनेछ । अब रु पाँच लाखसम्मका योजनाको अनुगमन वडाध्यक्षको संयोजकत्वमा गरिने भएको छ ।

यहाँको वडा नं २ र ३ मा व्यावसायिकरूपमा तरकारी खेती हुँदै आएको छ । गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने गरेको निर्णय कृषकको पक्षमा रहेको वडा नं २ निवासी अगुवा कृषक लालबहादुर खत्रीले बताए ।

गाउँपालिकाले किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था गर्दै उत्पादित कृषि उपजलाई स्थायी बजारीकरणको व्यवस्था गर्न सके गाउँपालिका कृषिमा आत्मनिर्भर बन्ने कृषक खत्रीको भनाइ छ ।

गाउँपालिका अध्यक्ष कक्षपतिले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा थप नयाँ कार्यक्रमसहित बजेटमा प्राथमिकता दिइने बताए । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट संशोधनसहित पारित भएको छ । गत असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौँ गाउँसभामा प्रस्तुत गरेको रु ७६ करोड ३६ लाख ७३ हजार ४८७ बजेट सभाले पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष कक्षपतिले गाउँपालिकामा निर्वाचनको बेला मतदातासामु गरिएका १०१ बुँदे घोषणामध्ये ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताए । चालू आर्थिक वर्षमा कोरोना महामारीका कारण धेरै काम रोकिएको उनको भनाइ थियो ।

“कोरोना महामारी सङ्क्रमण रोकथामका लागि चार महिना व्यतित भयो, त्यसैले कयौँ योजना पूरा हुन पाएका छैनन्”, अध्यक्ष कक्षपतिले भने ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ११ : ०९ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा