मृतक भनिएका भण्डारी जीवित भेटिए « Khabarhub

मृतक भनिएका भण्डारी जीवित भेटिए


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् ।

गुल्मी जिल्ला रुरु गाउँपालिका-५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए ।

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए । श्यामशरण घरमा पुर्‍याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो ।

केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो । पुरुषको लासलाई श्यामशरण लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् ।

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई गराएका थिए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : ०४ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा