ब्राजिलमा एकै दिन ५४ हजार ९२३ संक्रमित थपिए « Khabarhub

ब्राजिलमा एकै दिन ५४ हजार ९२३ संक्रमित थपिए


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलमा कोरोना संक्रमितको संख्या ३१ लाख १२ हजार ३९३ पुगेको छ । २४ घण्टामा ५४ लाख ९२३ संक्रमित थपिएका छन् । त्यस्तै बितेको २४ घण्टामा ब्राजिलमा १ हजार २४२ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ ।

संक्रमित २२ लाख ४३ हजार १२४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । ७ लाख ७७ हजार १७० जनामा सक्रिय संक्रमण छ । जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ । ब्राजिल अमेरिकापछि धेरै संक्रमित भएको देश हो ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ४३१ जनाको अवस्था गम्भीर छ ।

संक्रमित १ करोड ३४ लाख २४ हजार १७९ जनाले कोरोनालाई जितेका छन् ।

हालसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागिसकेको छैन । यद्यपि विश्वका थुप्रै देशमा कोरोना संक्रमण निको पार्ने खोप विकासको प्रयास भइरहेका छन् । कितपय देशमा खोपको क्लिनिकल परीक्षण पनि भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ०७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल