गाईवस्तुमा पनि देखियो नयाँ भाइरस « Khabarhub

गाईवस्तुमा पनि देखियो नयाँ भाइरस

भेटेनरी डाक्टर भन्छन्- नेपालमा यसको औषधि उपलब्ध छैन



नवलपरासी- कोरोना भाइरस संक्रमणका कारण विश्वब्यापी महामारी भइरहेकाबेला गाईवस्तुमा पनि नयाँ भाइरस देखा परेको छ ।

पूर्वी नेपालको झापा जिल्लाबाट गाईबस्तुमा देखापरेको यो भाइरस अहिले गण्डकी प्रदेशका जिल्लाहरुमा पनि देखा परेको छ ।

कास्की, तनहुँ, नवलपरासीपूर्व तथा प्रदेश ३ को चितवनमा पनि गाईवस्तुमा नयाँ भाइरस देखा परेको छ ।

तनहुँको विभिन्न ठाउँका गाईवस्तुमा संक्रामक रोग देखापरेपछि काठमाडौ पठाई परीक्षण गर्दा ‘लम्पी स्क्रिन डिजिज’ नामको भाइरस देखा परेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दमौलीका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।

तनहुँको ब्यास नगरपालिका लगायत विभिन्न ठाउँमा देखिएको यो संक्रामक रोग अहिले नवपरासीपूर्वको जिल्लामा पनि फैलिएको श्रेष्ठले बताए ।

के हो लम्पी स्क्रिन डिजिज ?

विज्ञकेन्द्रका प्रमुख डा. श्रेष्ठकाअनुसार लम्पी स्क्रिन डिजिज खासगरी अफ्रिकामा मात्रै सीमित हुने रोग हो । यो पछि यूरोपका देशहरु हुँदै संसारका विभिन्न देशहरुमा फैलियो । यो संक्रामक रोग सन् २०१२ मा मध्यपूर्वी यूरोप हुँदै एशियामा पनि प्रवेश गरेको श्रेष्ठले बताए ।

गाईवस्तुमा लाग्ने यो रोग पछिल्लो समय बंगलादेशबाट भारत हुँदै नेपालको झापा जिल्लामा पहिलो पटक देखा परेको हो ।

एउटा बस्तुमा लागेपछि बथानमा रहेका अन्य गाईबस्तुमा यो भाइरस सजिलै सर्ने गरेको डा. श्रेष्ठ बताउँछन् ।

लामखुट्टे, झिँगा, किर्ना लगायतका किराहरुबाट रोग सर्ने गरेको पशु चिकित्सकहरु बताउँछन् । यो रोग लागिसकेपछि यसको ठोस उपचार नभएको पशुविज्ञ केन्द्र दमौलीका प्रमुख श्रेष्ठले बताए ।

चिकित्सककाअनुसार यो रोग लाग्दा गाईवस्तुमा १०४ डिग्रीभन्दामाथि ज्वरो आउने, आँखामा कचेरा लाग्ने, फिँज काढ्ने, घाँटी, पेट, कल्चौंडाको वरिपरि १० देखि ५० एमएमसम्मको गिर्खाहरु आउने जस्ता लक्षणहरु देखिने गर्छन् ।

गाईवस्तु आवतजावतमा प्रतिबन्ध

गाईबस्तुमा यो संक्रामक रोग लागेपछि विभिन्न जिल्लामा गाईवस्तुको एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतमा रोक लगाइएको छ ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नम्बर १४ र १७ मा ब्यापक रुपमा संक्रमण फैलिएको कासोती नगरपालिकाका पशुशाखा प्रमुख डा.टेकराज पौडेलले बताए ।

संक्रामक रोग फैलिन नदिन नगरपालिकाले सूचना नै प्रकाशित गरी गाईबस्तु ओसारपसारमा रोक लगाएको छ ।

यो रोग लागिसकेपछि गाई भैंसीको दूध उत्पादन घट्दै जानुका साथै बाँझोपना हुने तथा गर्भरहेको गाईबस्तुको गर्भ तुहिने समस्या हुने डा. श्रेष्ठ बताउँछन् ।

यो संक्रामक रोगबाट अहिलेसम्म ५ प्रतिशतसम्म मात्रै मृत्यु दर रहेको उनले बताए । गोठको सरसफाइमा ध्यान दिने तथा लामखुट्टे, झिँगा, किर्नाबाट बचाउनुपर्ने पशु प्राविधिकहरुको सुझाव छ ।

गाईभैंसीमा नयाँ संक्रामक रोग फैलिएपछि चितवनका विभिन्न पालिकाले किटनाशक औषधि छर्ने काम गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिकालाई प्रदेश कार्यालयले पठाएको औषधि वितरण अभियान चलाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ४० बजे

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ