भारतका कुख्यात डन विकास दुबेको कहानीमा वेब सिरिज बन्ने « Khabarhub

भारतका कुख्यात डन विकास दुबेको कहानीमा वेब सिरिज बन्ने


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतका कुख्यात डन विकास दुबेमाथि वेब सिरिज बन्ने भएको छ । निर्देशक हंसल मेहताले यो सिरिज निर्देशन गर्ने भएका छन् ।

वेब सिरिज बनाउन यसको राइटस् खरिद गरिसकेको जनाइएको छ । सिरिजमा विकास दुबेको कहानी देखाइनेछ । यसका लागि निर्माण टिम पनि उत्साहित बनेको छ ।

निर्माता शैलेश आर सिंहले दुबेको कहानी समाचार गृह तथा अन्य माध्यमबाट संकलन गरिरहेको बताएका छन् ।

केही समयअघि ८ प्रहरीको हत्या गरेको आरोप लागेपछि उनी चर्चामा थिए । त्यसको एक हप्तामा दुबेलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले दुबे भाग्न खोजेपछि भएको मुठभेडमा उनको मृत्यु भएको बताएको थियो ।

निर्देशक हंसल मेहताले पनि यो वेब सिरिज बनाउन आफू उत्साहित भएको बताएका छन् । यसलाई उत्कृष्ट राजनीतिक थ्रीलर बनाउने पनि उनले बताएका छन् ।

ग्याङस्टर विकास दुबे ८ प्रहरीको हत्या गरेको अभियोगपछि उत्तर प्रेदशको एक मन्दिरमा लुकेर बसेका थिए । विभिन्न मुद्दा खेपेका दुबेलाई प्रकाउ गर्न गएका प्रहरीले ज्यान गुमाएका थिए ।

प्रहरीले पक्राउ गरेपछि कानपुर जाने क्रममा बीच बाटोमा दुबे भाग्ने प्रयास गरेका थिए । सोही मुठभेडमा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ३६ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६