नेपोटिज्म बहसको मारमा आलियाको ‘सडक २’, लाइकभन्दा डिसलाइक बढी « Khabarhub

नेपोटिज्म बहसको मारमा आलियाको ‘सडक २’, लाइकभन्दा डिसलाइक बढी


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज (बुधवार) युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा लाइकभन्दा बढी डिसलाइक गरिएको छ ।

मुकेश भट्टले निर्माण गरेको यो फिल्ममा महेश भट्ट र सुह्रिता सेनगुप्ताको कथा लेखन छ । फिल्मलाई महेश भट्टले निर्देशन गरेका हुन् ।

‘सडक २’ भारतमा बहसको विषय बनेको नेपोटिज्मको मारमा परेको छ । होम प्रोडक्सनको फिल्ममा आलिया भट्टको शीर्ष भूमिका छ । त्यसैले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले आलियालाई गाली गरेका छन् ।

फिल्ममा आलियाका अलावा सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्मको ट्रेलर युट्युबमा रिलिज हुनासाथ लाइकभन्दा डिसलाइक बढी गरिएको थियो । ट्रेलर रिलिज भएको केही घण्टामै ट्रेलरलाई केही घण्टामै २ लाखभन्दा बढी डिसलाइक गरिएको छ ।

यो फिल्म २८ अगस्तमा डिज्ने प्लस हटस्टारमार्फत रिलिज हुँदैछ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : २२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी