सागका पाकिस्तानी तीन खेलाडी एन्टी डोपिङमा असफल, खोसियो पदक « Khabarhub

सागका पाकिस्तानी तीन खेलाडी एन्टी डोपिङमा असफल, खोसियो पदक


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स तर्फ स्वर्ण र कास्य पदक विजेता तीन पाकिस्तानी खेलाडी डोपिङमा असफल भएका छन् । बुधबार

नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी सागमा स्वर्ण विजेता मोहम्मद नाइम, मेहबुब अली र कास्य पदक विजेता सामी उल्लाह डोपिङमा असफल भएको जनाएको छ ।

पहिलो परीक्षणमा तीनै जना असफल भएपछि दोस्रो स्याम्पल टेस्टका लागि आव्हान गरिएको थियो । जसमा नाइम र अलीले वल्ड एन्टी डोपिङ एजेन्सीले मान्यता दिएको कतारस्थित ल्याबमा दुई पटक युरिन स्याम्पल टेष्ट गर्दा पोजेटिभ देखिएपछि दुवै खेलाडीलाई २०१९ डिसेम्बर देखि लागु हुनेगरी २०२३ डिसेम्बरसम्मको लागि निलम्बन गरिएको छ ।

यस्तै, पहिलो सामी उल्लाहको पहिलो स्याम्पल टेस्टमा पोजेटिभ आएको थियो । तर, उनले दोस्रो पटक स्याम्पल टेस्ट गराएका छैनन् ।

नाइमले काठमाडौंमा भएको एथ्लेटिक्समा सय मिटर हडल्र्समा स्वर्ण जितेका थिए भने अलीले चार सय मिटर हर्डल्समा स्वर्ण जितेका थिए । दुवै स्याम्पलमा असफल भएपछि खेलाडीहरुले आफ्नो नतिजा स्वीकारेपछि उनीहरुको मेडल खोसिएको छ भने उनीहरु ४ वर्षका लागि प्रतिबन्ध समेत लगाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १ : १८ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण