फेसबूकले हटायो ७० लाख भ्रामक पोस्ट « Khabarhub

फेसबूकले हटायो ७० लाख भ्रामक पोस्ट


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबारे भ्रामक र गलत जानकारी फैलाउने पोस्टलाई फेसबूकले हटाउन थालेको छ । सामाजिक सञ्जाल फेसबूकले मंगलवारसम्म करीब ७० लाख गलत सूचना दिने पोस्ट हटाएको जनाएको छ ।

तीमध्ये कति पोस्ट कोरोना भाइरसबाट बच्ने उपायबारे गरिएका पोस्टहरू रहेको जनाइएको छ ।

फेसबुकका अनुसार कम्पनीले रिपोर्ट गरिएका ती पोस्टहरूको विश्वसनीयता थाहा पाउनका लागि विशेषज्ञलाई पनि बोलाएको थियो ।

फेसबूक पहिलेदेखि नै आफ्नो प्लेटफर्ममा देखिने भ्रामक र गलत समाचार रोक्ने प्रयासमा छ । साथै फेसबूकले यस्ता पोस्ट हटाउन निरन्तर काम गर्ने पनि जनाएको छ ।

फेसबूकले आफ्नो फ्ल्यागशीप एपका माध्यमबाट घृणा फैलाउने २ करोड २५ लाख भाषण पनि हटाएको छ । पहिलेको तुलनामा यो आँकडा धेरै हो ।

फेसबुकले आतंकवादी संगठनसँग जोडिएका करीब ८७ लाख पोस्ट पनि हटाएको छ । यसअघि फेसबूकले ६३ लाख पोस्ट हटाएको थियो ।

फेसबूकले संगठित घृणा फैलाउने पेजहरूलाई पनि हटाएको जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ३ : ५३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव