तीन जनामा कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

तीन जनामा कोरोना सङ्क्रमण पुष्टि


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो ।

वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए ।

सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजीकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ ।

बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ४ : ५१ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर