पहिरोका कारण भूमेका सात घर उच्च जोखिममा « Khabarhub

पहिरोका कारण भूमेका सात घर उच्च जोखिममा


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व – भूमे गाउँपालिका–७ भित्रिवनका सात घर पहिराको उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण भित्री वनका धनिमान केसी, मनोज ओली, कर्मु ओली, भीमबहादुर डाँगी, राजेन्द्र रोका, बखत रोका र कलमसिं बिसीको घर पहिराको उच्च जोखिममा परेको वडाध्यक्ष धनमान रोका मगरले जानकारी दिए ।

यही साउन १९ गतेदेखिको अविरल वर्षाका कारण घरमुनि बाट पहिरो झर्दा ती घर उच्च जोखिममा रहेका वडाध्यक्ष रोकाले बताए ।

सात घरमध्ये बखत रोका र भीमबहादुर डाँगीका परिवार भने सुरक्षित ठाउँमा बसाइँ सरेका छन् । उक्त जोखिम क्षेत्रको वडाध्यक्ष रोकाले पनि स्थलगत अनुगमन गरेका छन् ।

भित्री वनमा कमजोर माटो भएका कारण वर्षा हुने बित्तिकै पहिरो खस्ने समस्या हुने गरेको छ । यसैगरी हावाहुरी र पहिराले गर्दा वडाका लाबाङ, भित्रीवन, डाङरिबाङ, रिसललगायत ठाउँमा लगाइएको मकै बालीमा पनि क्षति पुगेको छ ।

हावाहुरी र पहिराले वडाको कुन ठाउँमा के कति क्षति भएको छ भनेर विवरण सङ्कलन भइरहेको वडाध्यक्ष रोकाले बताउनुभयो । हाल उक्त वडामा कृषि सडकसहित दाङ, रोल्पा, पुथा शहीद मार्ग खण्डको सडकमा पहिरो झर्र्दा पूर्ण रुपले सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ५४ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका