कोरोना महामारीका बीच युएईबाट फर्किए १३ हजार ७८५ नेपाली « Khabarhub

कोरोना महामारीका बीच युएईबाट फर्किए १३ हजार ७८५ नेपाली



दोहा – कोरोना भाइरसको महामारी लगायत अन्य विभिन्न कारणले यूएईबाट १३ हजार ७८५ नेपाली स्वदेश फर्किएका छन् ।

उनीहरु विभिन्न ८२ चार्टड उडानमार्फत नेपाल फर्किएको यूएईस्थित नेपाली दूतावासले जनाएको हो ।

यूएईको अबुधाबी, दुबई र शारजाहा विमानस्थलबाट नेपाल तथा हिमालय एयरलाइन्स, एयर अरेबिया, इतिहाद एयरलाइन्स र फ्लाई दुबईको गरी ८२ उडानमार्फत उनीहरु स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

दूतावासले अप्रिल २८ देखि खुल्ला गरेको नेपाल फर्किनैपर्ने फारम भरेका र अन्य माध्यमबाट गरी ४२ हजार नेपालीले आफ्नो नाम दर्ता गराएका थिए ।

यता, ५ महिनाको अवधिमा रोजगारीमा विभिन्न कारणले एक सय १० नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ ।

कोरोना भाइरसको महामारी फैलिएयता यूएईमा सो संख्यामा नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ३३ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले