कोरोना महामारीका बीच युएईबाट फर्किए १३ हजार ७८५ नेपाली « Khabarhub

कोरोना महामारीका बीच युएईबाट फर्किए १३ हजार ७८५ नेपाली



दोहा – कोरोना भाइरसको महामारी लगायत अन्य विभिन्न कारणले यूएईबाट १३ हजार ७८५ नेपाली स्वदेश फर्किएका छन् ।

उनीहरु विभिन्न ८२ चार्टड उडानमार्फत नेपाल फर्किएको यूएईस्थित नेपाली दूतावासले जनाएको हो ।

यूएईको अबुधाबी, दुबई र शारजाहा विमानस्थलबाट नेपाल तथा हिमालय एयरलाइन्स, एयर अरेबिया, इतिहाद एयरलाइन्स र फ्लाई दुबईको गरी ८२ उडानमार्फत उनीहरु स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

दूतावासले अप्रिल २८ देखि खुल्ला गरेको नेपाल फर्किनैपर्ने फारम भरेका र अन्य माध्यमबाट गरी ४२ हजार नेपालीले आफ्नो नाम दर्ता गराएका थिए ।

यता, ५ महिनाको अवधिमा रोजगारीमा विभिन्न कारणले एक सय १० नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ ।

कोरोना भाइरसको महामारी फैलिएयता यूएईमा सो संख्यामा नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ३३ बजे

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको