टाउको दुख्दा खाने घरेलु औषधी | Khabarhub Khabarhub

टाउको दुख्दा खाने घरेलु औषधी


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

टाउको दुख्नु अधिकांश मानिसको समस्या हो । कामको चाप, तनाव, जीवनशैली, खानपान, मौसम र सहनशक्तिको अभावले टाउको दुख्छ ।

हेर्दा सामान्य देखिए पनि टाउको दुखाईलाई वेवास्ता गर्नुहुदैन । यदि लगातार टाउको दुखेमा चिकित्सकको परामर्श लिनुपर्छ । तर यदि धेरै टाउको दुख्यो र तत्काल चिकित्सक कहाँ जान अनुकुल नभए घरेलु उपायबाट यसलाई नियन्त्रण गर्न सकिन्छ ।

१. मनतातो पानी र कागती
यदि लगातार टाउको दुखिरहेको छ भने एक गिलास मनतातो पानीमा आधा कागतीको रस मिसाएर पिएमा टाउको दुखाई निको हुन सक्छ । कागती पानीले पेटमा ग्याँस बनेर बसेको विकारलाई निकाल्ने गर्दछ । ग्याँसको समस्याले पनि टाउकोको दुख्ने गर्दछ ।

२. नुन, दूध र ल्वाङ
टाउको दुखाईबाट आराम पाउन नुन, दूध र ल्वाङको प्रयोग उपयोगी मानिन्छ । आधा चमच ल्वाङको धुलो र एक चिम्टी नुनलाई मनतातो दुधमा मिसाएर पिउँदा टाउको दुखाईबाट आराम मिल्दछ ।

३. लसुनको रस
लसुनको रस पिउँदा लगातार टाउको दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । रस पिउँदा न्युनतम एक चम्चा पिउनु पर्दछ । लसुनका केही टुक्रालाई निचोरेर यसको रस निकाल्नु पर्दछ । लसुन एक प्रकारको प्राकृतीक पेनकिलर पनि हो ।

४. पुदिना
माइग्रेनको समस्यामा पुदिनाको सेवन निकै महत्वपूर्ण मानिन्छ । प्राचिन समयदेखि टाउको दुखाईको समस्यामा पुदिना खाने गरिन्थ्यो । यदि लगातार टाउको दुखेको छ भने पुदिनालाई चियामा हालेर पिउँदा आराम मिल्दछ ।

५. जीरा र अदुवाको रस
जीराको धुलोमा अदुवा र धनियाँको रस हालेर बनाएको चिया पिउनाले लगातार दुखेको टाउको दुखाई निको हुने गर्दछ । यो घोल बनाउन एक गिलास मनतातो पानीमा जिराको धुलो हाल्ने । त्यसपछि अदुवा र धनियाँ पातको रस हाल्ने र केहिबेर उमाल्ने ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ९ : १७ बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्