टाउको दुख्दा खाने घरेलु औषधी « Khabarhub

टाउको दुख्दा खाने घरेलु औषधी


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

टाउको दुख्नु अधिकांश मानिसको समस्या हो । कामको चाप, तनाव, जीवनशैली, खानपान, मौसम र सहनशक्तिको अभावले टाउको दुख्छ ।

हेर्दा सामान्य देखिए पनि टाउको दुखाईलाई वेवास्ता गर्नुहुदैन । यदि लगातार टाउको दुखेमा चिकित्सकको परामर्श लिनुपर्छ । तर यदि धेरै टाउको दुख्यो र तत्काल चिकित्सक कहाँ जान अनुकुल नभए घरेलु उपायबाट यसलाई नियन्त्रण गर्न सकिन्छ ।

१. मनतातो पानी र कागती
यदि लगातार टाउको दुखिरहेको छ भने एक गिलास मनतातो पानीमा आधा कागतीको रस मिसाएर पिएमा टाउको दुखाई निको हुन सक्छ । कागती पानीले पेटमा ग्याँस बनेर बसेको विकारलाई निकाल्ने गर्दछ । ग्याँसको समस्याले पनि टाउकोको दुख्ने गर्दछ ।

२. नुन, दूध र ल्वाङ
टाउको दुखाईबाट आराम पाउन नुन, दूध र ल्वाङको प्रयोग उपयोगी मानिन्छ । आधा चमच ल्वाङको धुलो र एक चिम्टी नुनलाई मनतातो दुधमा मिसाएर पिउँदा टाउको दुखाईबाट आराम मिल्दछ ।

३. लसुनको रस
लसुनको रस पिउँदा लगातार टाउको दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । रस पिउँदा न्युनतम एक चम्चा पिउनु पर्दछ । लसुनका केही टुक्रालाई निचोरेर यसको रस निकाल्नु पर्दछ । लसुन एक प्रकारको प्राकृतीक पेनकिलर पनि हो ।

४. पुदिना
माइग्रेनको समस्यामा पुदिनाको सेवन निकै महत्वपूर्ण मानिन्छ । प्राचिन समयदेखि टाउको दुखाईको समस्यामा पुदिना खाने गरिन्थ्यो । यदि लगातार टाउको दुखेको छ भने पुदिनालाई चियामा हालेर पिउँदा आराम मिल्दछ ।

५. जीरा र अदुवाको रस
जीराको धुलोमा अदुवा र धनियाँको रस हालेर बनाएको चिया पिउनाले लगातार दुखेको टाउको दुखाई निको हुने गर्दछ । यो घोल बनाउन एक गिलास मनतातो पानीमा जिराको धुलो हाल्ने । त्यसपछि अदुवा र धनियाँ पातको रस हाल्ने र केहिबेर उमाल्ने ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ९ : १७ बजे

पोखराबाट काठमाडौं आइरहेको बस मध्यराति त्रिशूलीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं– पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बस मध्यराति (सोमबार बिहान

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र