दमको समस्या भएकाले खानेकुरा « Khabarhub

दमको समस्या भएकाले खानेकुरा


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वासप्रश्वास सम्बन्धि रोग हो, दम । यस रोगमा स्वास फेर्न गाह्रो हुने, स्वास घ्यारघ्यार हुने, कफ बस्ने लगायतका समस्या हुने गर्दछ । गर्मीको तुलनामा जाडो महिनामा दमले बढी सताउँछ ।

दमको समस्या भएमा आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ । यस अवस्थामा दम रोगलाई नियन्त्रण गर्ने खानेकुरा खाएर पनि यस समस्याबाट मुक्ति पाउन सकिन्छ । यस्तो छ, दम रोगीले खानुपर्ने कुराहरु :

१. ड्राइ फुड्स
सुन्दा अचम्म लाग्ला तर दम रोगमा नियन्त्रण पाउन ड्राइ फुड्सको सेवन उपयोगी हुन्छ । यसमा म्याग्नेसियम र भिटामिन पाइन्छ जसले दमका बिरामीलाई लाभ पुर्याउँछ । म्याग्नेसियम घ्यारघ्यार हुनबाट रोक्दछ भने भिटामिनले इम्युनिटी बढाउँछ ।

२. ताजा फल
ताजा तथा सफा फलमा एन्टिअक्सिडेन्ट र भिटा क्यारोटिन प्रसस्त मात्रामा पाइन्छ । त्यसैले नियमित फल खाने मानिसमा दम हुने सम्भावना कम हुन्छ । दमको समस्यामा कीवी र सुन्तला जस्ता फल खाएमा चाडैं लाभ मिल्दछ । यी फलले फोक्सो सुन्निने तथा पोल्ने समस्याबाट लाभ दिलाउँछ ।

३. दाल
फ्याट र क्यालोरी कम हुने भएकाले दाल दमका बिरामीका निम्ती लाभदायक हुन्छ । यसमा पाइने फाइबरले शरीरको कोलेस्ट्रोललाई समेत कम गर्दछ । यसले श्वासप्रश्वासमा एलर्जी उत्पन्न गराउने बाहिरी कणहरुलाई समेत रोक्दछ ।

४. ओमेगा ३ फ्याट
साल्मोन र टुना माछा, जैतुन वा आलसको दानामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसलाईे खानामा समावेश गरेमा दम रोगीका निम्ती निकै लाभदायक हुन्छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ९ : ४९ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको