भारतमा चौकीदारी गर्दै आएका एक नेपालीको कोरोनाले मृत्यु « Khabarhub

भारतमा चौकीदारी गर्दै आएका एक नेपालीको कोरोनाले मृत्यु


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको आन्ध्र प्रदेशको कडापा जिल्लामा काम गर्ने एक नेपालीको कोरोनाभाइरका कारण मृत्यु भएको छ ।

उनी १० बर्ष अघिदेखि कडापा जिल्लामा काम गरिरहेका छन् । उनी त्यहाँको स्थानीय दुभुरु राइस मिल र स्कुलमा चौकीदारको रूपमा काम गरिरहेका थिए।

उनका तीन छोराहरू छन् भने उनकी श्रीमति सात महिनाकी गर्भवती रहेको जनाइएको छ ।

उनकी श्रीमतिले त्यहाँको स्थानीय भाषा तेलगु बोल्न र बुझ्न नसकेका कारण आफ्नो समस्या छिमेकीहरुसँग राख्न समस्या भएको न्यू इण्डियन एसप्रेसले जनाएको छ ।

कोभिड-१९ को संकटका कारण काम नहुँदा परिवारले विगत चार महिनादेखिको घर भाडा तिर्न सकेका थिएनन्।

उनीहरूको आर्थिक अवस्थालाई ध्यान दिदै केही स्वैच्छिक संस्थाले सहयोग गरेको समाचारमा उल्लेख छ ।

उनी ३० बर्षको उमेरमा कामको खोजीमा भारतको कडापा जिल्ला बसाई सरेका थिए र दुभुरुमा बसोबास गरिरहेका छन् ।

पतिको मृत्यु भएपछि परिवारको विचल्ली भएको उनकी पत्नीले बताएकी छिन् । सहयोगको याचना समेत गरेकी छिन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  २ : ३२ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको