ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक नेपालीसहित ५ को मृत्यु « Khabarhub

ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक नेपालीसहित ५ को मृत्यु


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा ग्याँस सिलिण्डर पड्किँदा एक नेपालीसहित पाँच जनाको मृत्यु भएको छ ।

बुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर सिलिण्डर पड्किँदा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको मृत्यु भएको हो ।

गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घटनामा परि एक नेपाली सहित अरु पाँच जनाको ज्यान गएको कम्पनीले जनाएको छ ।

दुर्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको ज्यान गएको सम्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी गराएका छन् ।

घटनामा ज्यान गुमाएका नेपालीको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो ।

सोही घटनामा केएफसीको छेवैमा रहेको सोही कम्पनीको हार्डडिस रेस्टुरेन्टमा सुपरभाइजरको रुपमा कार्यरत फूलबारी ९ ताप्लेजुङका अर्जुन चुडाल घाइते भएका छन् ।

घटनाबारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृतकको शव नेपाल पठाउन यूएइस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  २ : ४६ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन