यस्तो छ विश्वकै धनी विल गेट्सकी छोरीको जीवनशैली | Khabarhub Khabarhub

यस्तो छ विश्वकै धनी विल गेट्सकी छोरीको जीवनशैली


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारकै धनी ब्यक्ति हुन् विल गेट्स । विल गेट्स र उनकी श्रीमती मेलिण्डाले सधैँ आफ्नो ब्यक्तिगत लाइफ प्राइभेट राख्छन् ।

उनकी २४ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा सेयर गर्छिन् ।

पछिल्लो एक वर्ष उनल आफ्नो ब्वाइफ्रेण्डसँग कुवेतसहितका संसारका अलग–अलग देशमा समय बिताइन् । यो दौरान उनले संसारभरका घोड सवारी प्रतियोगितामा पनि भाग लिइन् र त्यसको फोटोहरु सेयर पनि गरिन् ।

अप्रिल १९९६ मा जन्मिएकी जेनिफर बिल र मेलिण्डाका सबैभन्दा जेठी छोरी हुन् । उनका पिता जो माइक्रोसफ्टका कारण संसारभर प्रसिद्ध छन् । तर, जेनिफरलाई १४ वर्षसम्म फोन बोक्न दिइएको थिएन् ।

जेनिफर र उनका भाइबहिनीले आफ्ना पिताको सिएटलमा रहेको प्राइभेट लेक हाइस्कुलबाट पढाइ सुरु गरेका थिए । त्यसपछि उनीहरु उच्च शिक्षाका लागि स्ट्यानफोर्ड युनिभर्सिटी गइन् ।

उनी घोड सवारीकै सौखिन छिन् र ६ वर्षको उमेरदेखि नै राइडिङ गरिरहेकी छिन् । उनी आफ्नो घोडाको तारिफ गरेर कहिल्यै थाक्दिनन् ।

बिल गेट्सले उनको यो प्यासनलाई सपोर्ट गर्नका लागि फ्लोरिडाको बेलिङगटनमा एक पपर्टी खरिद गरेका छन् । यहाँ किनिएको बंगलाको मुल्य ५३ करोड रुपैयाँ रहेको बताइएको छ ।

यो बंगला पाम बीचको धेरै नजिक छ । जहाँ प्रत्येक वर्ष विन्टर इक्वेष्ट्रेन फेस्टिबल हुने गर्छ । यो फेस्टिबलमा हरेक वर्ष ४९ राज्य, ३० देशका २ हजार ८ सय घोडा सवार प्रतिस्पर्धा गर्छन् ।

संयुक्त राज्य अमेरिकाको इक्वेष्ट्रेन फेडरेशनले जेनिफरलाई शो जम्पिङमा १९ औं नम्बरमा राखेको छ । उनी घोडा सवारीका सबै प्रख्यात कम्पिटीसनहरु सहभागी भइसकेकी छिन् ।

त्यसोत घुमफिर उनको ग्ल्यामरस लाइफको हिस्सा नै हो । पछिल्लो एक वर्ष उनले आफ्नो ब्वाइफ्रेण्ड नाएल नस्सरसँग घुमफिरका तस्विरहरु सोसल मिडियामा सेयर गरेकी थिइन् । नाइल पनि प्रसिद्ध शो जम्पर हुन् ।

जेनिफरले इन्स्ट्राग्राममा उनको फोटोहरु सेयर गरेर भनेकी छन्, ‘कसैलाई थाहा छैन् कि हाम्रो अफिसियल डेटिङ एनिभर्सरी आज हो वा भोलि । तर, यसले कुनै फरक पर्दैन् । तिमीसँग म हरेक दिन खुशी छु।’

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : २१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय