राजा वीरेन्द्रले प्रयोग गरेको जहाज विमानस्थलबाट गुडाएरै लगियो नारायणहिटी (भिडियोसहित) « Khabarhub

राजा वीरेन्द्रले प्रयोग गरेको जहाज विमानस्थलबाट गुडाएरै लगियो नारायणहिटी (भिडियोसहित)


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार साँझ नेपाली सेनाको विमान गुडाएरै नारायणहिटी संग्रहालय लगिएको छ ।

नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखेपछि सडकमा यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरुले दंग मान्दै नियालेका थिए ।

हेरौं भिडियो

सडकमा सवारी चाप कम भएको मौका पारेर साँझ त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमान गुडाएरै नारायणहिटीमा लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए । ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्‍याएपछि ‘एसेम्बल’ गरिनेछ ।

  

विमान तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार संग्रहालय पुर्‍याइएको हो ।

विमान सडकमा गुडाएर लैजाने क्रममा  तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती परेको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो ।

गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो । यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो ।

यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए । यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलिकोप्टोर संग्राहलयमा लगिसकिएको संग्राहलयका प्रमुख भेषनारायण दहालले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ९ : ५० बजे

नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

काठमाडौं– कुमारी बैंक लिमिटेडले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले