नेसन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई हरायो « Khabarhub

नेसन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई हरायो


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले बलियो प्रतिद्वन्दी बेल्जियमलाई हराएको छ ।

वेम्बली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंग्ल्याण्डले जित निकालेको हो । इंग्ल्याण्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक/एक गोल गरे ।

बेल्जियमका रोमेरो लुकाकुले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने बेल्जियमले बनाएको थियो । खेलको १६औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको ३९औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काए । खेलको ८५औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड लिग ‘ए’ समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ । दोस्रो स्थानको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ४० बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३