बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीले शुक्रबारलाई डाके सचिवालय बैठक « Khabarhub

बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीले शुक्रबारलाई डाके सचिवालय बैठक


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेकपाका बहुमत सचिवालय सदस्यको दबाबपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको दबाबपछि ओलीले शुक्रबार अपराह्न ४ बजे बैठक डाकेका हुन् ।

महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्षको सहमतिमा शुक्रबार अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

पार्टीभित्र विवाद चर्किएपछि सबै समस्या सामूहिक छलफलबाट टुंग्याउने भन्दै दाहालले ओलीलाई बैठकको प्रस्ताव गर्दै आएका थिए । तर, सहमतिपछि मात्रै बैठक राख्ने नत्र पार्टी नै फुटाउनेसम्मको चेतावनी ओलीले दिएपछि बहुमत सचिवालय सदस्यले बैठकको माग गरेका थिए ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल-नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : ३९ बजे

लमजुङमा विश्वप्रकाश शर्माले भने, ‘आसन, भाषण र शासनमा सुधार गर्छौं’

लमजुङ- निर्वाचन प्रचार अभियानको पहिलो दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश

नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय

ललितपुर- जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी नख्खु कारागारबाट

सडकमा खटिन थाले निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नेपाली सेना दिवस तथा