‘राधे’ को ओटीटी डिल, सलमान खानले मागे २०० करोड ! « Khabarhub

‘राधे’ को ओटीटी डिल, सलमान खानले मागे २०० करोड !


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा कोरोना भाइरसका कारण बन्द रहेका फिल्म हलहरु इजाजत पाएर पनि खुल्न सकेका छैनन् । कोरोना महामारीका कारण भारत सरकारले हल खोल्न इजाजत दिए पनि ८० प्रतिशत हल अझै बन्द छन् ।

दर्शकले खुलेका केही हलमा पनि पुराना फिल्म हेरिरहेका छन् ।

ठूला फिल्म निर्माताहरु अझै पनि हलमा रिलिज गर्ने तयारीमा छैनन् । बरु ठूला मेकरले अहिले ओटीटीमा रिलिज गर्न चाहेका छन् ।

हालै अक्षय कुमारले आफ्नो फिल्म ‘लक्ष्मी’ ओटीटीमार्फत रिलिज गरेका थिए ।

अब सलमान खानले पनि आफ्नो आगामी फिल्म ‘राधे’ ओटीटीमा रिलिज गर्ने मनशाय बनाएका छन् । सलमान खानले यो फिल्मलाई ओटीटीमा देखाउन चाहनेले २ सय करोड भारु दिनुपर्ने प्रस्ताव राखेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

खबरका अनुसार यो फिल्म रिलिजबारे एक ठूलो ओटीटी प्लेटफर्मसँग कुरा भइरहेको छ । तर, पैसामा कुरा मिलिरहेको छैन । सलमान खानले २ सय करोड भारु भनेका छन् भने ओटीटी कम्पनीले उनलाई १ सय ६० करोडसम्म दिन तयार भएका छन् ।

यदि सलमान खानको फिल्म ओटीटीमा रिलिज गरियो भने फिल्म हलवालाई झट्का लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  २ : ०९ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल