अनुचित व्यापारिक क्रियाकलाप गर्ने स्वस्तिक मिठाइ पसललाई २ लाख जरिवाना « Khabarhub

अनुचित व्यापारिक क्रियाकलाप गर्ने स्वस्तिक मिठाइ पसललाई २ लाख जरिवाना


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर अनुचित व्यापार गरेको भेटाएको थियो ।

अनुगमनको नेतृत्व गरेका कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार तिहारमा प्रयोग हुने भाइ मसलाको मूल्यमा एकरुपता देखिएन । मिठाइ र फलफुलको गुणस्तर र मूल्यमा पनि निगरानी गर्नुपर्नेछ । यसलाई नियमित र आकस्मिक अनुगमनबाट नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

बजार नियमनका लागि महानगरले आफ्नै ऐन तर्जुमा गरिरहेको छ । ऐन जारी भएपछि अनुगमनको काम थप प्रभावकारी हुनेछ ।

नयाँ सडक काठमाडौंको प्रमुख व्यापारिक ठाउँ हो । ठूलो लगानीमा चलेको मिठाई पसलले खाद्य बस्तु उत्पादनमा प्रयोग गरेका सामान गुणस्तरहीन पाइयो ।

निरीक्षण अधिकृत भवानीकुमारी खतिवडा भन्छन् — ‘अनुचित व्यापारिक क्रियाकलाप गरेकोले स्वस्तिकलाई २ लाख रुपैयाँ आर्थिक जरिवानासहित सुधारका लागि सुझाव पनि दिएका छौं ।’

कालीमाटीमा सञ्चालित वीणा ट्रेडिङ कालीमाटीलाई खरिद बिल नभएकोले १० हजार रुपैयाँ जरिवाना गरिएको निरीक्षण अधिकृत खतिवडाले जानकारी दिए ।

तिहारमा प्रयोग हुने मसला, मिठाइ र फलफुलको गुणस्तर र मूल्यमा देखिएको अवस्थाबाट उपभोक्ताले गुणस्तरीय बस्तु र सेवामा सहज पहुँच पाउनु पर्ने अधिकार कार्यान्वयनमा समस्या देखिएको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्— ‘संविधानको धारा ४४ ‘क’ ले हरेक नागरिकलाई आफूले प्रयोग गर्ने बस्तु र सेवाको गुणस्तरमा सहज पहुँच पाउने अधिकारको व्यवस्था गरेको छ ।’

अनुगमनको विवरण दिँदै उनले भने,— ‘मिठाइ पसलको भण्डारमा म्याद सकिएका मसलाका प्याकेट, रङ्का वोतल थिए । भान्सा कोठामा टाइल लगाइएको छ । तर, भुइँमा बसेर काम गर्दा खुट्टाको फोहोर पर्ने खतरा छ । कामदारले मास्क र पञ्जाको उचित प्रयोग गरेको देखिएन ।’

गल्ती भयो । सिक्ने क्रममा छु । पसलका सञ्चालक श्रवण घिरइयाले गल्ती स्वीकार गर्दै भने— ‘सकेसम्म राम्रै गर्छु भनेको हो । म्याद सकिएका मसला र रङ्का प्याकेट फिर्ता हुन सक्थ्यो तर कर्मचारीले गरिदिएनन् । जे होस्, मेरो पसलमा भएको त्रुटीको म नै जिम्मा लिन्छु । अब यसलाई सुधार गर्छु ।’

स्वस्तिक इन्द्रचोक नजिकैको मिठाइ पसल हो । पसल ७ तले भवनको भुइँ तलामा छ । भान्सा, स्टोर र कर्मचारी बस्नका लागि माथिल्ला ५ औं, छैंटौं र सातौं तला पनि स्वस्तिकले नै भाडामा लिएको छ ।

कार्तिक २३ गते महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले तिहार लक्षित नियमित अनुगमनका क्रममा खाद्य बस्तुमा मिठाइ, दूध तथा दूग्ध उत्पादन र फलफुल तथा फूलको मूल्य र गुणस्तरमा निगरानी गर्ने निर्णय गरेको थियो ।

त्यसपछि कृषि बिभागको अगुवाईमा कालीमाटीको महालक्ष्मी प्लाजाबाट बिक्री हुने मिठाइको अवस्था हेरिसकेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ३ : २९ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने