अनुचित व्यापारिक क्रियाकलाप गर्ने स्वस्तिक मिठाइ पसललाई २ लाख जरिवाना | Khabarhub Khabarhub

अनुचित व्यापारिक क्रियाकलाप गर्ने स्वस्तिक मिठाइ पसललाई २ लाख जरिवाना


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर अनुचित व्यापार गरेको भेटाएको थियो ।

अनुगमनको नेतृत्व गरेका कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार तिहारमा प्रयोग हुने भाइ मसलाको मूल्यमा एकरुपता देखिएन । मिठाइ र फलफुलको गुणस्तर र मूल्यमा पनि निगरानी गर्नुपर्नेछ । यसलाई नियमित र आकस्मिक अनुगमनबाट नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

बजार नियमनका लागि महानगरले आफ्नै ऐन तर्जुमा गरिरहेको छ । ऐन जारी भएपछि अनुगमनको काम थप प्रभावकारी हुनेछ ।

नयाँ सडक काठमाडौंको प्रमुख व्यापारिक ठाउँ हो । ठूलो लगानीमा चलेको मिठाई पसलले खाद्य बस्तु उत्पादनमा प्रयोग गरेका सामान गुणस्तरहीन पाइयो ।

निरीक्षण अधिकृत भवानीकुमारी खतिवडा भन्छन् — ‘अनुचित व्यापारिक क्रियाकलाप गरेकोले स्वस्तिकलाई २ लाख रुपैयाँ आर्थिक जरिवानासहित सुधारका लागि सुझाव पनि दिएका छौं ।’

कालीमाटीमा सञ्चालित वीणा ट्रेडिङ कालीमाटीलाई खरिद बिल नभएकोले १० हजार रुपैयाँ जरिवाना गरिएको निरीक्षण अधिकृत खतिवडाले जानकारी दिए ।

तिहारमा प्रयोग हुने मसला, मिठाइ र फलफुलको गुणस्तर र मूल्यमा देखिएको अवस्थाबाट उपभोक्ताले गुणस्तरीय बस्तु र सेवामा सहज पहुँच पाउनु पर्ने अधिकार कार्यान्वयनमा समस्या देखिएको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्— ‘संविधानको धारा ४४ ‘क’ ले हरेक नागरिकलाई आफूले प्रयोग गर्ने बस्तु र सेवाको गुणस्तरमा सहज पहुँच पाउने अधिकारको व्यवस्था गरेको छ ।’

अनुगमनको विवरण दिँदै उनले भने,— ‘मिठाइ पसलको भण्डारमा म्याद सकिएका मसलाका प्याकेट, रङ्का वोतल थिए । भान्सा कोठामा टाइल लगाइएको छ । तर, भुइँमा बसेर काम गर्दा खुट्टाको फोहोर पर्ने खतरा छ । कामदारले मास्क र पञ्जाको उचित प्रयोग गरेको देखिएन ।’

गल्ती भयो । सिक्ने क्रममा छु । पसलका सञ्चालक श्रवण घिरइयाले गल्ती स्वीकार गर्दै भने— ‘सकेसम्म राम्रै गर्छु भनेको हो । म्याद सकिएका मसला र रङ्का प्याकेट फिर्ता हुन सक्थ्यो तर कर्मचारीले गरिदिएनन् । जे होस्, मेरो पसलमा भएको त्रुटीको म नै जिम्मा लिन्छु । अब यसलाई सुधार गर्छु ।’

स्वस्तिक इन्द्रचोक नजिकैको मिठाइ पसल हो । पसल ७ तले भवनको भुइँ तलामा छ । भान्सा, स्टोर र कर्मचारी बस्नका लागि माथिल्ला ५ औं, छैंटौं र सातौं तला पनि स्वस्तिकले नै भाडामा लिएको छ ।

कार्तिक २३ गते महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले तिहार लक्षित नियमित अनुगमनका क्रममा खाद्य बस्तुमा मिठाइ, दूध तथा दूग्ध उत्पादन र फलफुल तथा फूलको मूल्य र गुणस्तरमा निगरानी गर्ने निर्णय गरेको थियो ।

त्यसपछि कृषि बिभागको अगुवाईमा कालीमाटीको महालक्ष्मी प्लाजाबाट बिक्री हुने मिठाइको अवस्था हेरिसकेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ३ : २९ बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्