फूलैफूलको मौसम (फोटो फिचर) « Khabarhub

फूलैफूलको मौसम (फोटो फिचर)



काठमाडौं – हिन्दू नेपालीहरूको पर्व दिपावली नजिकिएसँगै भक्तपुरको गुण्डु र काठमाडौंको इचंगुका किसानलाई भ्याइनभ्याइ छ । किसानहरू तिहारमा खपत हुने फूल टिप्नमा व्यस्त छन् ।

तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका तथा फूलको माला लगाउने प्रचलन छ । तिहारमा फूलले उनेका मालामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सजाउने गर्छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरोनाका कारण कम क्षेत्रफलमा फुल रोपेका किसान तिहार आएसँगै व्यस्त हुन थालेका छन् ।

फुलको पकेट क्षेत्र मानिएको गुण्डुका किसानले मखमली खेती गर्ने गर्छन् भने इचंगुका किसानले सयपत्री रोप्ने गर्छन् ।

कोरोनाका कारण व्यापारमा असर पर्ने पहिल्यै आंकलन गरेका गुण्डुका कृषकले मकै र भटमासजस्ता नगद बाली यस वर्ष आफ्नो खेतमा लगाए भने इचंगुका कृषकले पनि अन्य बाली लगाएका छन् ।

तिहार आएसँगै उनीहरु अहिले आफ्नो खेतीलाई बजारसम्म पुर्‍याउन फूल टिपिरहेका छन् ।  भक्तपुरको गुण्डु र काठमाडौंको इचंगुमा फूल टिपिरहेका किसानका तस्वीर खबरहबकर्मी  सन्तोषराज पाण्डेले क्यामेरामा कैद गरेका छन् । हेरौं थप तस्वीरः

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ३ : ३६ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन