कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित) « Khabarhub

कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित)


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा ४, ओखलढुंगामा ३, झापामा ४९, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा १, मोरङमा ५७, सोलुखुम्बुमा १ र सुनसरीमा ३९ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १४, पर्सामा १२, बारामा ४, महोत्तरीमा ५, रौतहटमा ५, सप्तरीमा ६, सर्लाहीमा ८ र सिरहामा १६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७ सय ६४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५०, चितवनमा ३९, दोलखामा १४, धादिङमा ११, नुवाकोटमा १८, भक्तपुरमा ८३, मकवानपुरमा २६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १ सय २६, सिन्धुलीमा ९ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा १२, तनहुँमा ५२, नवलपरासी पूर्वमा ८, पर्वतमा ५, मुस्ताङमा ३, लमजुङमा १२, वागलुङमा १० र स्याङजामा २० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा १९, दाङमा ५१, नलवपरासीमा १३, पाल्पामा १७, प्यूठानमा ६, बर्दियामा २१, बाँकेमा ४४, रोल्पामा २ र रुपन्देहीमा ५६ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ४, रुकुम पश्चिममा ५, सल्यानमा ४ र सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिमको हुम्लामा १, अछाममा २, कञ्चनपुरमा १४, कैलालीमा ५०, डडेल्धुरामा ८, डोटीमा १, बझाङमा ९, बाजुरामा २ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ५ : ५९ बजे

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको