ट्रमा अस्पताल बनाउने योजना रोकियो « Khabarhub

ट्रमा अस्पताल बनाउने योजना रोकियो


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – प्रदेश नं २ सरकारले बारा जिल्लाको पथलैयामा निर्माण गरिने ट्रमा अस्पताल बनाउने योजना रोकेपछि त्यस क्षेत्रका जनतामा निराशा छाएको छ ।

सामाजिक विकास मन्त्रालयले नीति तथा कार्यक्रममा घोषण गरी सो अस्पताल निर्माण गर्न बजेट समेत छुट्याइसकिएको थियो ।

राजमार्गमा हुने सवारी दुर्घटनाबाट घाइतेहरुको तत्काल उपचार गर्ने उद्देश्यले प्रदेश सरकारले बाराको पथलैयामा रहेको स्वास्थ्य तालीम केन्द्रलाई ट्रमा अस्पताल बनाउने गरी बजेट समेत छुटयाइसकिएको भएपनि हाललाई सो अस्पताल निर्माणको काम स्थगित गरिएको सो मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले सो अस्पताल पथलैयामा नबनाएर बारा जिल्लाको सदरमुकाम कलैयादेखि ६ किलोमिटर भित्र रहेको गंगापुरस्थित तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवनमा बनाउने निधो गरेपछि प्रदेश नं. २ को प्रदेश सभामा प्रतिपक्षी दलले विरोध गरेपछि सो अस्पताल निर्माणमा अवरोध आएको बताइएको छ ।

प्रदेश सभामा नेकपाका सचेतक सुन्दर विश्वकर्माले निर्णय भएको स्थानमा नै अस्पताल बनाउनुपर्ने माग गरे । दुई बिघा ४ कठ्ठा क्षेत्रफलमा रहेको सो तालीम केन्द्रमा ७२ कोठा र पर्याप्त साधनस्रोत भएको, राजमार्ग छेउमै रहेकाले पथलैयामा नै सो अस्पताल निर्माण हुनुपर्ने माग जितपुरवासीको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : २७ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले