ट्रम्पको व्यवहारले सुरक्षा अधिकारीहरू चिन्तित, संवेदनशील सूचना बेच्न सक्ने खतरा ! « Khabarhub

ट्रम्पको व्यवहारले सुरक्षा अधिकारीहरू चिन्तित, संवेदनशील सूचना बेच्न सक्ने खतरा !


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरिसके । हालै भएको निर्वाचनमा हार बेहोरेका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हार स्वीकार गरेका छैनन् ।

बाइडेनलाई केही समयका लागि कानूनी अड्चनको सामना गर्न पर्नसक्ने आँकलन गरिएको छ । ट्रम्पले मात्र नभएर रिपब्लिकन पार्टीका केही सदस्यले ट्रम्पको हार स्वीकारेका छैनन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले मंगलवार सार्वजनिक रुपमै ट्रम्पको हार स्वीकार गर्न मानेनन् ।

ट्रम्पले कानूनी लडाइँ लड्ने भनिरहँदा यता पछिल्लो समय विकसित घटनाक्रमले अमेरिकाका पूर्व सुरक्षा अधिकारीहरुलाई चिन्ता थपेको छ ।

अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस छोड्नुअघि देशका संवेदनशील सूचना सार्वजनिक गरिदिने र गोप्य सूचना व्यापारिक फाइदाका लागि बेचिदिन सक्ने भन्दै सुरक्षा अधिकारीहरूले चिन्ता प्रकट गरेका छन् ।

अधिकारीका अनुसार ट्रम्पसँग अत्यन्तै गोपनीय र संवेदनशील सूचनाहरु छन् । यसमा परमाणु हतियारको प्रक्षेपण, खुफिया सूचना जुटाउने क्षमताहरु, अन्य देशमा अमेरिकी सामरिक अड्डासँग सम्बन्धित कैयौं जानकारीहरु, अत्याधुनिक हतियार प्रणालीको विकासको स्थिति जस्ता सूचनाहरु राष्ट्रपतिका रुपमा ट्रम्पसँग छन् ।

पूर्व अधिकारीहरुले ट्रम्पको व्यवहारप्रति शंका प्रकट गर्दै उनको व्यवहार निकै गैरजिम्मेवारपूर्ण भएको बताएका छन् ।

वासिङ्टन पोस्टसँगको कुराकानीमा अमेरिकी खुफिया एजेन्सी सीआईएका पूर्वअधिकारी डेभिड प्रियसले भनेका छन् – ‘कोही पनि जो रिसाएको, असन्तुष्ट वा व्यथित हुन्छ ऊबाट यस किसिमको जोखिम रहन्छ कि उसले गोप्य सूचनाहरु सार्वजनिक गर्न सक्छ । ट्रम्पमाथि करोडौं डलरको ऋण छ जसका कारण उनी निकै दबाबमा छन् । यसबाट पनि उनलाई थप असन्तोष छ ।’

‘सुरक्षा र खुफिया अधिकारीहरुको लागि शीर्ष पदमा रहनेहरू सधैं चिन्ताको विषय रहन्छन्, जोमाथि ऋण धेरै हुन्छ,’ पूर्व खुफिया अधिकारी लेरी फाइफर र सीआईए महानिर्देशक का रुपमा काम गरेका माइकल भी हेडेन भन्छन् ।

ट्रम्पको हार र त्यसपछि उनले देखाएको प्रतिक्रियालाई लिएर चिन्ताजनक अवस्था सिर्जना भएको पूर्व सुरक्षा अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार पछिल्लो समयका घटनाले त्यस्तै संकेत देखाइरहेका छन् ।

चुनाव हारेपछि राष्ट्रपतिको व्यस्तता घटे पनि ट्रम्प भने ह्वाइट हाउसमा बसिरहेको र उनी ह्वाइट हाउस छाड्न पनि तयार नभएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

यतिसम्म कि, पछिल्लो एक हप्तामा उनले अमेरिकी सैन्य मुख्यालय पेन्टागनबाट ठूला अधिकारीहरुलाई हटाएर आफ्ना विश्वासपात्रलाई त्यहाँ राखेका छन् । हालै ट्रम्पले रक्षामन्त्री पनि फेरेका थिए ।

कतिपयले ट्रम्पको टिम यतिबेला रकम जुटाउने अभियानमा लागेको र उनी ह्वाइटहाउसबाहिर घुमफिरका लागि पनि बाहिर ननिस्किएको दाबीसमेत गरिरहेका छन् ।

ट्रम्प प्रशासनले जो बाइडेनलाई विदेश विभागमार्फत आएका सन्देश हेर्न नदिएको र बाइडेनलाई इन्टेलिजेन्स र सुरक्षा ब्रिफिङ सुन्न समेत नदिएको सीएनएनको एक रिपोर्टमा दावी गरिएको छ । यसले पनि ट्रम्पले सूचनाको दुरुपयोग गर्ने खतरा बढेको भन्दै पूर्व सुरक्षाविदहरू चिन्तित बनेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : ५२ बजे

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना

रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए

काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक