नेपालसहित ३४ देशहरूबाट कामदारलाई कुबेत जान अनुमति दिने तयारी « Khabarhub

नेपालसहित ३४ देशहरूबाट कामदारलाई कुबेत जान अनुमति दिने तयारी


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका कारण रोक लगाएको कुबेतले नेपालसहित ३४ देशहरूबाट ७ दिनको होटल क्वारेन्टाइन बस्ने गरी श्रमिकहरुलाई प्रवेशमा अनुमति दिने तयारी गरेको छ ।

कुबेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहररुले दिएको जानकारी अनुसार अब स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न मुलुकबाट श्रमिकहरुलाई प्रवेशको अनुमति दिने तयारी थालिएको हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको १७ नोभेम्बरदेखि २४ घण्टा नै खोल्ने तयारी थालेको छ ।

प्रतिबन्धित देशहरूबाट आएका यात्रुहरूले सबै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने तथा अनिवार्य संस्थागत होटल क्वारेन्टाइनमा बस्नु पर्ने जनाइएको छ ।

होटेलमा क्वारेन्टाइनमा बसेको सातौं दिनमा पीसीआर परीक्षण गर्नु पर्नेछ रिपोर्ट नेगेटिभ आएको खण्डमा काममा फर्किन सक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यदि रिपोर्ट पोजेटिभ आए क्वारेन्टाइनको अवधि थपिने जनाइएको छ ।

अन्य स्वास्थ्य आवश्यकताहरूको लागि अतिरिक्त यात्रुहरुले क्वारेन्टाइनमा बस्न ७ दिनको लागि होटल बुकिङ्ग गर्नुपर्नेछ तर क्वारेन्टाइन स्थानहरूमा यातायातको साधन र कसैलाई एयरपोर्टमा यात्रु लिन जान अनुमति नदिने अरब टाइम्सले जनाएको छ ।

क्वारेन्टाइन र पीसीआर परीक्षाको खर्च आफैले ब्येहोर्नु पर्नेछ । होटल क्वारेन्टाइन र पीसीआर परीक्षाको खर्च शुल्क भने उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : ४८ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै