नेपालसहित ३४ देशहरूबाट कामदारलाई कुबेत जान अनुमति दिने तयारी « Khabarhub

नेपालसहित ३४ देशहरूबाट कामदारलाई कुबेत जान अनुमति दिने तयारी


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका कारण रोक लगाएको कुबेतले नेपालसहित ३४ देशहरूबाट ७ दिनको होटल क्वारेन्टाइन बस्ने गरी श्रमिकहरुलाई प्रवेशमा अनुमति दिने तयारी गरेको छ ।

कुबेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहररुले दिएको जानकारी अनुसार अब स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न मुलुकबाट श्रमिकहरुलाई प्रवेशको अनुमति दिने तयारी थालिएको हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको १७ नोभेम्बरदेखि २४ घण्टा नै खोल्ने तयारी थालेको छ ।

प्रतिबन्धित देशहरूबाट आएका यात्रुहरूले सबै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने तथा अनिवार्य संस्थागत होटल क्वारेन्टाइनमा बस्नु पर्ने जनाइएको छ ।

होटेलमा क्वारेन्टाइनमा बसेको सातौं दिनमा पीसीआर परीक्षण गर्नु पर्नेछ रिपोर्ट नेगेटिभ आएको खण्डमा काममा फर्किन सक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यदि रिपोर्ट पोजेटिभ आए क्वारेन्टाइनको अवधि थपिने जनाइएको छ ।

अन्य स्वास्थ्य आवश्यकताहरूको लागि अतिरिक्त यात्रुहरुले क्वारेन्टाइनमा बस्न ७ दिनको लागि होटल बुकिङ्ग गर्नुपर्नेछ तर क्वारेन्टाइन स्थानहरूमा यातायातको साधन र कसैलाई एयरपोर्टमा यात्रु लिन जान अनुमति नदिने अरब टाइम्सले जनाएको छ ।

क्वारेन्टाइन र पीसीआर परीक्षाको खर्च आफैले ब्येहोर्नु पर्नेछ । होटल क्वारेन्टाइन र पीसीआर परीक्षाको खर्च शुल्क भने उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : ४८ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले