बैठक अघि अध्यक्ष प्रचण्डले गरे सचिवालय सदस्यहरुसँग छलफल | Khabarhub Khabarhub

बैठक अघि अध्यक्ष प्रचण्डले गरे सचिवालय सदस्यहरुसँग छलफल


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल गरेका छन् ।

शुक्रबार दिउँसो ४ बजे बस्ने सचिवालय बैठकबारे धारणा तय गर्न अध्यक्ष प्रचण्डले खुमलटारमा पाँच जना सचिवालय सदस्यहरुसँग छलफल गरेका हुन् ।

प्रचण्डका अलावा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बिहीवार अपराह्न छलफल भएको स्रोतले जानकारी दियो ।

पटक–पटकको आग्रह र अल्टिमेटमपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् ।

बिहीवारको भेटमा सबै सदस्यहरुबीच शुक्रबारको बैठकमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको एक नेताले जानकारी दिए ।

पार्टी स्थायी कमिटीले गरेका निर्णयहरू कार्यान्वयन गर्न प्रधानमन्त्री ओली उदासीन देखिएको, मन्त्रिपरिषद् हेरफेर तथा राजदूत नियुक्ति लगायतमा कुनै परामर्श नगरेको भन्दै प्रचण्ड-नेपाल लगायतका नेताहरू असन्तुष्ट छन् ।

यस विषयमा बैठक नै बसेर छलफल गर्नुपर्ने माग प्रचण्ड-नेपाल पक्षले राख्दै आएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ७ : १० बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण