बैठक अघि अध्यक्ष प्रचण्डले गरे सचिवालय सदस्यहरुसँग छलफल « Khabarhub

बैठक अघि अध्यक्ष प्रचण्डले गरे सचिवालय सदस्यहरुसँग छलफल


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल गरेका छन् ।

शुक्रबार दिउँसो ४ बजे बस्ने सचिवालय बैठकबारे धारणा तय गर्न अध्यक्ष प्रचण्डले खुमलटारमा पाँच जना सचिवालय सदस्यहरुसँग छलफल गरेका हुन् ।

प्रचण्डका अलावा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बिहीवार अपराह्न छलफल भएको स्रोतले जानकारी दियो ।

पटक–पटकको आग्रह र अल्टिमेटमपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् ।

बिहीवारको भेटमा सबै सदस्यहरुबीच शुक्रबारको बैठकमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको एक नेताले जानकारी दिए ।

पार्टी स्थायी कमिटीले गरेका निर्णयहरू कार्यान्वयन गर्न प्रधानमन्त्री ओली उदासीन देखिएको, मन्त्रिपरिषद् हेरफेर तथा राजदूत नियुक्ति लगायतमा कुनै परामर्श नगरेको भन्दै प्रचण्ड-नेपाल लगायतका नेताहरू असन्तुष्ट छन् ।

यस विषयमा बैठक नै बसेर छलफल गर्नुपर्ने माग प्रचण्ड-नेपाल पक्षले राख्दै आएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ७ : १० बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच