चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै मुस्लिम समुदायद्वारा प्रदर्शन « Khabarhub

चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै मुस्लिम समुदायद्वारा प्रदर्शन


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका मुस्लिम समुदायले चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।

उइगुर मुस्लिम समुदायमाथि चीनमा ‘दमन तथा शोषण’ भएको आरोप लगाउँदै जमीअत उलमाए नेपालकाे अगुवाइमा देशका विभिन्न स्थानमा विहीबार विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले काठमाडाैँ, भैरहवा, विराटनगर लगायतका ठाउँमा चिनियाँ दमनविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागिहरुले ‘चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उइगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उइगुर मुस्लिमको मानवअधिकार बहाली गर जस्ता नारा लगाएका थिए ।

यसैबीच काठमाडौंमा उनीहरुले पुरानो बसपार्कबाट पद्मकन्या क्याम्पससम्म विरोध र्‍याली निकालेका थिए ।

उइगुर समुदायमाथि दमन गरेर जघन्य अपराध गरिरहेको चीनले मुस्लिम समुदायको संस्कृतिमाथि नै प्रतिबन्ध लगाउने काम गरेको जमीअत उलमाए नेपाल, काठमाडाैँका सल्लाहकार युनुस हमरले बताए ।

मुस्लिम समुदायका व्यक्तिहरु पनि शान्तिका पक्षधर रहेको उल्लेख गर्दै उनले अन्य धर्मका मानिसहरुजस्तै स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग गरे ।

बिहीबार नै उनीहरुले नेपालस्थित चिनियाँ दूतावास अगाडि धर्ना समेत दिएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ७ : ४६ बजे

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको