परीक्षण सफल भएपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल « Khabarhub

परीक्षण सफल भएपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन्।

उनले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको बताए।

प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडीयू र अक्सिजनसहितको १०० शैय्याको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा गरे। उनले उपचारका लागि अक्सिजन, आईसीयू र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताए।

मन्त्री ढकालले सरकारले सुविधा सम्पन्न तीन हजार ५०० शैय्या थप गर्ने तयारी गरेको जानकारी दिँदै दुई हजार काठमाडौं उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताए।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको दुई करोड, निजी क्षेत्रको एक करोड ५० लाख र महानगरपालिकाको २५ लाख रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिए। मन्त्री ढकालले आजै कोशी अस्पताल विराटनगरको पनि अनुगमन गरेका थिए।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : ३८ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र