परीक्षण सफल भएपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल | Khabarhub Khabarhub

परीक्षण सफल भएपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन्।

उनले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको बताए।

प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडीयू र अक्सिजनसहितको १०० शैय्याको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा गरे। उनले उपचारका लागि अक्सिजन, आईसीयू र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताए।

मन्त्री ढकालले सरकारले सुविधा सम्पन्न तीन हजार ५०० शैय्या थप गर्ने तयारी गरेको जानकारी दिँदै दुई हजार काठमाडौं उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताए।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको दुई करोड, निजी क्षेत्रको एक करोड ५० लाख र महानगरपालिकाको २५ लाख रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिए। मन्त्री ढकालले आजै कोशी अस्पताल विराटनगरको पनि अनुगमन गरेका थिए।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : ३८ बजे

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर