सम्वृद्धिको लक्ष्यमा बैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान महत्वपूर्ण : राजदूत भारद्वाज « Khabarhub

सम्वृद्धिको लक्ष्यमा बैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान महत्वपूर्ण : राजदूत भारद्वाज


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले नेपाल सरकारले लिएको सम्वृद्धिको लक्ष्य प्राप्तीमा बैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान पनि महत्वपूर्ण हुने बताएका छन् ।

गैरआवसीय नेपाली संघ कतारको भर्चुल माध्यमबाट भएको दोस्रो परिषद भेलालाई सम्बोधन गर्दै राजदूत भारद्वाजले विदेशमा नेपालीले सिकेको सीप र आर्जन गरेको पूँजीलाई नेपालमै उत्पादनको क्षेत्रमा लगानी गर्न सके सरकारको लक्ष्य र उद्देश्य प्राप्त गर्न सहज हुने बताए ।

परिषद भेलामा संघका अध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सरकारले छुट्टै श्रमिक बैंक सञ्चालनमा ल्याउनु पर्ने बताए ।

सबैभन्दा धेरै नेपालीहरु रोजगारीको लागि गएको मध्यपूर्व कतारमा कोरोनाको प्रभाव पनि सबैभन्दा धेरै रहेको समयमा नेपाली दूतावास र एनआरएनए कतारले व्यवस्थापनमा देखाएको सक्रियता र खेलेको भूमिका उत्कृष्ट रहेको उनले बताए ।

भेलाले महासचिव पदम गिरीले प्रस्तुत गरेका प्रगती प्रतिवेदन, कोषाध्यक्ष विनोद प्रसाद बसौलाले प्रस्तुत गरेको आर्थिक तथा लेखा प्रतिवेदन र प्रथम उपाध्यक्ष एवम श्रमिक विभाग प्रमुख उत्तम गुरुङले प्रस्तुत गरेको श्रमिक विभागको प्रतिवेदन पारित गरेको गैरआवसीय नेपाली संघ कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : ५० बजे

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर