सम्वृद्धिको लक्ष्यमा बैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान महत्वपूर्ण : राजदूत भारद्वाज « Khabarhub

सम्वृद्धिको लक्ष्यमा बैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान महत्वपूर्ण : राजदूत भारद्वाज


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले नेपाल सरकारले लिएको सम्वृद्धिको लक्ष्य प्राप्तीमा बैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान पनि महत्वपूर्ण हुने बताएका छन् ।

गैरआवसीय नेपाली संघ कतारको भर्चुल माध्यमबाट भएको दोस्रो परिषद भेलालाई सम्बोधन गर्दै राजदूत भारद्वाजले विदेशमा नेपालीले सिकेको सीप र आर्जन गरेको पूँजीलाई नेपालमै उत्पादनको क्षेत्रमा लगानी गर्न सके सरकारको लक्ष्य र उद्देश्य प्राप्त गर्न सहज हुने बताए ।

परिषद भेलामा संघका अध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सरकारले छुट्टै श्रमिक बैंक सञ्चालनमा ल्याउनु पर्ने बताए ।

सबैभन्दा धेरै नेपालीहरु रोजगारीको लागि गएको मध्यपूर्व कतारमा कोरोनाको प्रभाव पनि सबैभन्दा धेरै रहेको समयमा नेपाली दूतावास र एनआरएनए कतारले व्यवस्थापनमा देखाएको सक्रियता र खेलेको भूमिका उत्कृष्ट रहेको उनले बताए ।

भेलाले महासचिव पदम गिरीले प्रस्तुत गरेका प्रगती प्रतिवेदन, कोषाध्यक्ष विनोद प्रसाद बसौलाले प्रस्तुत गरेको आर्थिक तथा लेखा प्रतिवेदन र प्रथम उपाध्यक्ष एवम श्रमिक विभाग प्रमुख उत्तम गुरुङले प्रस्तुत गरेको श्रमिक विभागको प्रतिवेदन पारित गरेको गैरआवसीय नेपाली संघ कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : ५० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा