सञ्चालनमा आएन आइसीयू « Khabarhub

सञ्चालनमा आएन आइसीयू


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेश सरकारको  सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान  भएको भेन्टिलेटरसहितको दुई शैय्याको आइसीयू कक्ष सञ्चालनमा समस्या भएको छ ।

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसीयू कक्ष सञ्चालनमा समस्या भएको हो ।

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए ।

मङ्सिर १७ गते जडान गरेको भेन्टिलेटरसहितको आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताए ।

उनले भने, ‘आइसीयू सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा नहुँदा आइसीयू सञ्चालनमा समस्या छ,  अस्पतालमा कार्यरत डाक्टर र नर्सले आइसीयू सञ्चालनलाई तालीमको आवश्यकता पर्ने र त्यो तालीम पनि कसैले पनि लिएको छैन ।’

आइसीयू सञ्चालनमा नआउँदा जटिल खालका कोरोनाका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । बैतडीमा हालसम्म ५८५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : १० बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र