गौतम बुद्ध कप क्रिकेट : टस हारेको बागमती ब्याटिङ गर्दै « Khabarhub

गौतम बुद्ध कप क्रिकेट : टस हारेको बागमती ब्याटिङ गर्दै


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणीले टस जितेर बाग्मती क्रिकेट टीमलाई ब्याटिङको निम्तो दिएको छ ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमूना मैदानमा भइरहेको खेलमा नारायणीका कप्तान सुवास खकुरेलले टस जितेर बलिङ रोजेका हुन् ।

टस हारेको बाग्मतीले उक्त मैदानमा पहिलो ब्याटिङ गर्ने भएको छ । नमूना मैदान खेल्न योग्य बनिसकेको सन्देश दिन भरतपुरमा त्रिकोणात्मक क्रिकेट शृङ्खला आयोजना गरिएको हो ।

खेलाडीहरु लामो समयदेखि मैदान फर्किन पाएका थिएनन् । तर, कोरोना भाइरसको संक्रमण पछि यो नै नेपाली क्रिकेटरले खेलेको पहिलो प्रतियोगिता हो ।

लामो समयपछि मैदान फर्किन पाउँदा उत्साहित रहेको प्रतिक्रिया बाग्मती र नारायणी क्रिकेट टिमका कप्तानहरुले दिएका छन् ।

यसअघि नारायणीको कप्तानमा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का थिए । तर, शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सुवास खकुरेलले टोलीको कप्तानी गरिरहेका छन् । यता बाग्मतीको कप्तान भने ज्ञानेन्द्र मल्ल रहेका छन् ।

‘अहिलेको अवस्थामा क्रिकेट खेल्न पाउनु राम्रो कुरा हो । कप्तानी पाउनु नयाँ चुनौति हो । यसलाई अवसरका रुपमा पनि हेरेको छु,’ नारायणीका कप्तान खकुरेलले भने ।

यता, बाग्मतीका कप्तान मल्लले भने, ‘टस जितेको भए बलिङ गर्थे । तरपनि विकेट राम्रै छ जस्तो लाग्छ । लामो समयपछि खेल्न पाउँदा उत्साहित छु । राम्रो कामका लागि चितवन आएका छौं ।’

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि तयार पारिएको नमूना मैदानमा पनि राम्रो मेहनत गरेको भन्दै उनले भने, ‘मैदान राम्रो छ । यत्तीको व्यवस्थापन गर्नु पनि टफ हो ।’

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १२ : १० बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक