भेरी अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु | Khabarhub Khabarhub

भेरी अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोना संक्रमित ३८ वर्षिया महिलाको मृत्यु भएको छ ।

दैलेख नारायण नगरपालिका-९ निवासी ती महिला कातिक ७ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् ।

उनलाई त्यसको दुई दिन अघि दैलेखमा संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पताल दैलेखमा दुई दिन भर्ना भएकी उनलाई स्वास्थ्य समस्या झन बल्झिदै गएपछि कात्तिक ७ गते भेरी अस्पतालमा ल्याइएको थियो ।

भाइरस संक्रमण पुष्टि भएको ५२ दिनपछि शनिवार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । रोगको प्रकृतिअनुसार, उनलाई सबै प्रकारको उपचार गर्दा गर्दै मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिए।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ६७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ३ : ५९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’